शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – माघे संक्रान्ति नजिकिंदै गर्दा बजारमा तरुलको कारोबार बढेको छ । बजारमा पाइने तरुल पनि थरीथरीका छन् । पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, रातो र सेतो घर तरुल, लालबन्दीको तरुल अर्थात् देशी तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल ।
कालीमाटीमा धेरै तरुल सर्लाहीबाटै भित्रिन्छ । त्यसबाहेक चितवन, नवलपरासी, सिन्धुली, धादिङ, नुवाकोट, पाल्पा लगायतका ठाउँमा पनि तरुल उत्पादन हुन्छ । आकाशे, पताले, सेतो अथवा घर तरुलको उत्पादन गरिरहेका सर्लाहीको बागमती नगरपालिकाका किसान जितेन मुखिया भन्नुहुन्छ, ‘२० विघा क्षेत्रफलमा तरुल लगाएको छु । सबै तरुल बिक्री भयो । अब पाँच/ सात विघाको तरुल निकाल्न बाँकी छ ।’
जातअनुसारका मूल्य
काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा तरुलको जातअनुसारको फरक–फरक मूल्य छ । सबैभन्दा महँगो सिमल तरुल किलोको तीन सय ६० रुपैयाँ पर्छ । अरू तरुलजस्तो स्वादिलो नभए पनि सिमल तरुललाई औषधिको रूपमा लिइन्छ र मधुमेहका बिरामीको लागि उपयुक्त हुन्छ । यो तरुल जमिनमाथि नै फल्छ । सिमल तरुल भारतबाट बढी आयात हुने गरेको व्यापारीहरु बताउँछन् ।
त्यसपछि वन तरुल महँगो छ । यो तरुल विशेष गरी जङ्गगलमा पाइने भएकाले यसलाई वन तरुल भनिन्छ । कालिमाटीमा किलोको एकसयदेखि एकसय ५० रुपैयाँसम्म वन तरुलको कारोबार भइरहेको छ ।
यस्तै घर तरुल किलोको ६० देखि ७० रुपैयाँ पर्छ ।
पानी तरुल र हात्तीपाईले तरुल धादिङमा बढी उत्पादन हुन्छ । यी तरुल ६० देखि ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
यस्तै आकाशे तरुल, पताले तरुल, दुधे तरुल, घर तरुल सर्लाहीमा बढी उत्पादन हुन्छ । यी तरुल पनि ६० देखि ७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
तरुललाई तरकारीको रूपमा र उसिनेर खाने गरिन्छ ।
पहिले–पहिले माघे सङ्क्रान्तिलाई लक्षित गरेर मात्र तरुलको उत्पादन हुने गथ्र्याे । तर अहिले वर्षभरि नै तरुलको उपभोग हुने भएकाले खपत बढ्ने गरेको छ । नेपालमा मागअनुसार तरुल उत्पादन हुन नसकेको कन्दमूल विज्ञ दिवाकर न्यौपाने बताउनुहुन्छ । ‘कन्दमूल बाली हेपिएको बालीमा पर्छ’ न्यौपाने भन्नुहुन्छ, ‘यसको प्रवद्र्धनका लागि पालिका, प्रदेश र संघीय सरकारले तरुल खेती भइरहेका क्षेत्रमा गएर अनुदान कार्यक्रममार्फत किसानलाई सहयोग गर्नुपर्छ ।’
तरुलका खानुका फाइदा
तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो । कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधीको रूपमा पनि प्रयोग गरिँदै आएको छ । पोषणविदहरुका अनुसार तरुल खाँदा यस्ता फाइदा हुन्छन् :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विकाश चापागाईँ उज्यालाेमा कार्यरत हुनुहुन्छ।