काठमाण्डौबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय नागरिक पक्राउ

 माघ २, २०८१ बुधबार ८:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौको ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

अपहरणमा परेका चिनियाँ नागरिकको मकवानपुरको भीमफेदीबाट उद्धार गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । हिजो ठमेलबाट एक जना चिनियाँ नागरिक अपहरणमा परेको खबर आएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

सम्भावित ठाउँ र नाकामा जाँच गर्दा शुरूमा गाडीका चालक र एक जना भारतीय नागरिक पक्राउ परेका र पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भागेका दुई जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका र उद्धार गरिएका व्यक्तिको परिचय खुलाएको छैन । थप अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया