दाङमा जुत्तामुनि लुकाएको ब्राउन सुगरसहित दुई जना युवा पक्राउ

 माघ १८, २०८१ शुक्रबार ८:४५:३४ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । राप्ती गाउँपालिका–३ मसुरिया घर भई अहिले घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुमरगाउँका १९ वर्षीय मनोज बुढामगर प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

शङ्का लागेर केसी र बुढामगरलाई खानतलासी गर्दा केसीले लगाएको जुत्तामुनि लुकाइराखेको अवस्थामा एक सय ९० मिलिग्राम र बुढाथोकीको साथबाट ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताउनुभयो । उनीहरू सवार लु १८ प ३७७० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया