ईपीएल फुटबलमा आज पाँच वटा खेल हुँदै
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ– अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप प्रतियोगिताको उपाधि म्यानमारले जितेको छ । नेपाल भने १३ औं पटक उपविजेतामा सीमित भएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो ।
नेपाल यसअघि साफ महिला च्याम्पियनशिपमा ६, दक्षिण एशियाली खेलकुदमा तीन तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो ।
नेपालले लिग चरणमा किर्गिस्तान र लेबनानलाई १–० ले हराएको थियो । म्यानमारसँग २–२ को बराबरी खेलेको थियो । म्यानमारले लिग चरणमा लेबनानलाई ३–१ ले र किर्गिस्तानलाई ५–० ले हराएको थियो ।
फिफा वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ । म्यानमार ५५ र नेपाल १०३ स्थानमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।