कञ्चनपुरमा कृषिमा यान्त्रिकीकरणले व्यावसायिक खेती गर्ने बढ्दै
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ ।
हिजो भएको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको हो ।
३ सय २६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९ ओभर ५ बलमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ओडिआईमा दोस्रो पटक हराएको हो ।
२ वर्ष अघि भारतमा भएको ओडिआई विश्व कपमा पनि अफगानिस्तान विजयी भएको थियो । हिजोको खेलमा इङ्ग्ल्याण्डका लागि जो रुटले सर्वाधिक १ सय २० रन बनाए ।
अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईंले ५ विकेट लिए । त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक १ सय ७७ रन बनाएका थिए ।
इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, लियम लिभिङ्स्टोनले २ विकेट लिए । इङ्ग्ल्याण्ड लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।
इङ्ग्ल्याण्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । जीतसँगै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायमै राखेको छ ।
सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानले भोलि हुने खेलमा अस्ट्रेलियालाई पराजित गर्नु पर्ने हुन्छ ।
च्याम्पियन्स ट्रफीमा आज पाकिस्तान र बङ्गलादेश खेल्दैछन् । रावलपिन्डि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ३ बजे शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।