युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

 फागुन १५, २०८१ बिहीबार १३:२४:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । उहाँँले कारलगायत अन्य सबै सामानमा तत्काल कर घोषणा गर्ने दाबी गर्नुभएको हो ।

अमेरिकाले लगाउने यो अनुचित अतिरिक्त महसूलको आफूले दृढताका साथ अनि तत्कालै प्रतिक्रिया जनाउने ईयूले भनेको छ ।

बैठकमा ट्रम्पले मेक्सिको र क्यानडामाथि अहिले रोक्का रहेको अतिरिक्त महसूल फेरि केही समयलाई रोक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।

यसमा समयसीमा तोकिएको भए पनि ट्रम्पले आउने दिनमा सीमा सुरक्षामा मेक्सिको र क्यानडाले चाल्ने कदमहरू हेरेर यसमाथि पुनर्विचार गर्ने बताइएको छ ।

अहिले युरोपियन देशले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसूल लगाएका छन् ।  यो अमेरिकाले यसअघि युरोपबाट जाने यात्रुवाहक कारमा लगाएको भन्दा चार गुणा बढी हो ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया