मेला, महोत्सवका नाममा सुर्तीजन्य वस्तुकाे विज्ञापन नगर्न मन्त्रालयकाे आग्रह

 फागुन १५, २०८१ बिहीबार १५:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर केही मेला, महोत्सव र जात्रामा सुर्तीजन्य वस्तुको उत्पादक संलग्नता भएकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गर्नुभएको हो ।

कानूनी व्यवस्था अनुसार सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रायोजन गर्न पाइँदैन । यही कुरा स्मरण गराउँदै मन्त्रालयले कानून विपरीत सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।

मन्त्रालयले कहीँ कतै सुर्तीजन्य वस्तुको विज्ञापन वा त्यस्ता उत्पादकले प्रायोजन गरेको पाइएमा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ जानकारी गराउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया