गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल वायु सेवा निगमले एकै पटक तीन वटा विमान ग्राउन्डेड भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । निगमले आज विज्ञप्ति निकालेर छानबिन र दोषी पाइएमा कारबाहीको सिफारिशसमेत गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले समिति गठन गर्नुभएको जानकारी गराएको हो ।
यस्तै निगमले एक हप्तायता नियमित उडानमा गडबडी भएका कारण सयौं यात्रु अलपत्र परेको घटनामा क्षमायाचना गरेको छ । विज्ञप्तिमा यात्रुलाई अरू कम्पनीका विमानबाट समेत गन्तव्यमा पुर्याउने काम भइरहेको र टिकटको व्यवस्था नहुञ्जेल उचित होटलवासको व्यवस्था पनि गरेको उल्लेख छ ।
नेपाल वायु सेवा निगमले अहिले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी गरी चार वटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । विभिन्न देशका १० गन्तव्यमा उडान गर्ने निगमका ती चारमध्ये दुवै न्यारोबडी र एउटा वाइडबडी गरी तीन वटा जहाज एक हप्तादेखि ग्राउन्डेड भएका हुन् ।
माघमा फाइभ सी–चेकका लागि चीन पठाइएको सगरमाथा न्यारोबडी विमान भुक्तानी प्रक्रियाका कारण एक हप्तादेखि उतै रोकिएको छ । अर्को लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने तयारी भइरहेको जनाएको छ । काठमाण्डाैमा बिग्रिएर थन्किएको निगमको अन्नपूर्ण वाइडबडीका लागि बेलायतबाट स्पेअर पार्ट्स झिकाइएकोले चाँडै उडान शुरू हुने निगमले दाबी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे स्तरोन्नतिका कारण उडान कटौती हुँदा हवाई भाडा महँगो र टिकट नपाउने समस्या भएका बेला निगमका जहाज ग्राउन्डेड हुँदा विदेश जाने श्रमिकहरूले धेरै समस्या भोगिरहेका ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीहरू बताउँछन् ।
गएको कात्तिकदेखि नै नेपालबाट सीधै गन्तव्य देश जाने टिकट नपाइने र पाइए पनि धेरै महँगो हुने भएपछि कैयौं नेपालीहरू भारत हुँदै श्रम गन्तव्यमा गइरहेका उनीहरूको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।