गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
कास्की – पोखरामा १२औं नेपाल लिटरेचर फेस्टिभल २०२५ शुरू भएको छ । फेस्टिभलको उद्घाटन सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभयाे ।
उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य एकदमै सशक्त हतियार भएको बताउनुभयाे । ‘यो इनोभेटिज, क्रियटिसन हो । कार्यक्रम धेरै प्रकारका छन् । नेपालमा भइराखेको कार्यक्रममध्ये यो एउटा नौलो कार्यक्रम हो । हाम्रो समाज र युवा पङ्क्ति सबैलाई इनोभेसन, रिसर्चमा कसरी लगाउने भन्ने कुरा महत्त्वपूर्ण छ । धेरै अरूबाट सिक्छौँ । देखासिकी गर्छाैँ । त्यो चिजबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने कुराको सन्देश यसले पनि दिन्छ भन्ने लाग्छ ।’
बुकवर्म फाउन्डेशनको आयोजनामा भएको फेस्टिभल आउँदाे आइतवार फागुन १८ गतेसम्म चल्नेछ । महोत्सवमा नेपाल तथा अरू देशका गरी दुई सय जनाभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहनेछ । ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश छन् ।
महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, चलचित्रलगायत क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।