जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – धादिङको सदरमुकाम धादिङबेसीमा भएको दुई दिने बागमती साहित्य महोत्सव सकिएको छ । अस्ति र हिजो भएको महोत्सवमा कला र साहित्यका विभिन्न विषयमा सर्जकसँग भलाकुसारी भएको थियो ।
महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्याएको आयोजकले जनाएको छ ।
यसैगरी पहिलो संस्करणको ‘काठमाण्डौ उत्सव’ पनि सम्पन्न भएको छ । हिजो र अस्ति नेपाल पर्यटन बोर्डको हलमा भएको उत्सवमा साहित्यसँगै काठमाण्डौ संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिएका थिए ।
झापाको मेचीनगरमा बुधवारदेखि शुरू भएको ‘कला साहित्य उत्सव’ पनि हिजो सकिएको छ । यस वर्षको उत्सव ‘पर्यावरण विमर्श’विषयमा केन्द्रित थियो । रिडर्स झापाले देही आर्ट, परिवर्तन थिएटर र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको सहकार्यमा पूर्वकै ठूलो बौद्धिक तथा कलात्मक मेला आयोजना गरेको हो ।
विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहणको ७०औँ वर्षगाँठको अवसरमा सङ्खुवासभाको मकालु गाउँपालिकामा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव पनि सकिएको छ ।
पोखरामा बिहीवारदेखि शुरू भएको १२ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल भने आजसम्म चल्नेछ । पोखराको बाराहीघाट, लेकसाइडमा भइरहेको फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीको जमघट रहेको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।
देशका विभिन्न ठाउँमा भएका साहित्यिक उत्सवहरुमा कला, साहित्यसँगै समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुमा छलफल हुने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।