अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित

 फागुन २३, २०८१ शुक्रबार ६:४८:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सबै समानहरुमा लागू गरिने करलाई एक महिनाको लागि स्थगित गर्नुभएको छ ।

उहाँले हिजो कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित गर्नुभएको हो ।

ट्रम्प प्रशासनको निर्णयले  आर्थिक योजनाअन्र्तगत ठूलो परिवर्तन गरेको जसले गर्दा बजार, व्यवसाय र उपभोक्ताहरूलाई असर गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबामबीच हिजो भएको छलफलपछि कर नीति लागू गर्न स्थगित गरिएको खबरमा उल्लेख छ ।

क्यानडाका प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पबीचको टेलिफोन वार्ता र क्यानडाका अधिकारीहरू र ट्रम्प प्रशासनबीच भएको कुराकानीको आधारलाई पनि कर लागू गर्ने निर्णय पछि धकेलिएको अनुमान छ ।

यसैबीच यसअघि अमेरिकाले उच्च कर लगाएपछि क्यानडा, मेक्सिको र चीनले पनि करको बदला कर भन्दै कडा प्रतिक्रिया दिइरहेका छन् ।

यस्तो कर युद्धले विश्व अर्थतन्त्रमा असर पार्ने सङ्केत देखिएको छ भने वित्तीय बजार पनि अस्थिर भएका विज्ञहरुले बताएका छन् ।

अमेरिकी शेयर बजारमा गिरावट देखिएको छ भने एशियाली बजार पनि अस्थिर बनेका खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया