छैटौँ एशियन महिला कबड्डी प्रतियोगिता : इराकलाई हराउँदै नेपाल सेमिफाइनलमा

 फागुन २३, २०८१ शुक्रबार ७:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इरानको तेहरानमा भइरहेको छैटौँ एशियन महिला कबड्डी च्याम्पियनशिपमा इराकलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा हिजो इराकलाई हराएको हो । समूह ‘बी’ अन्तर्गतको खेलमा इराकसँग नेपाल ६८–६ अङ्कले विजयी भएको छ ।  समूह ‘बी’ मा नेपाल, इराक र इरान गरी तीन वटा टोली छन् ।

नेपाले दोस्रो खेलमा आज इरानसँग खेल्ने छ । प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, बङ्गलादेश,थाइल्याण्ड र मलेसिया गरी चार राष्ट्र छन् । सन् २००५ मा शुरू भएको एशियन च्याम्पियनशिपको ५ संस्करणमा भारत ४ पटक र दक्षिण कोरिया एक पटक च्याम्पियन भएका छन् ।

इरान २ पटक उपविजेता बन्दा जापान, थाइल्याण्ड र दक्षिण कोरिया पनि एक–एक पटक उपविजेता भएका छन् । पुरुषतर्फको एशियन च्याम्पियनशिपको पहिलो संस्करणमा नेपाली पुरुष टिम तेस्रो भएको थियो ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया