काठमाण्डौको साँखुमा टिपरको ठक्करबाट दुई बालकसहित तीन जनाको ज्यान गयो

 फागुन २३, २०८१ शुक्रबार ८:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको साँखुमा टिपरले ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले जस्ताको टहरामा सञ्चालन गरेको बालबालिकाहरुको आश्रयस्थलमा टिपर ठोक्किँदा वर्ष र थर नखुलेका दुई बालक आकाश र  सुमन  तथा ४५ वर्षका हरिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।

शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा रहेको साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर आज बिहान साढे ३ बजेतिर अनियन्त्रित भई सडक छेउको टहरोमा ठोक्किएर भित्र पसेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिनुभयो ।

टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । संस्थामा  ६१ जना बस्दै आएका थिए । टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया