धेरै ठाउँको मौसम आंशिक बदली, छिटपुट वर्षा र हिमपातको सम्भावना

 फागुन २३, २०८१ शुक्रबार ८:४०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उच्च पहाडी तथा हिमाली भेगका धेरैजसो ठाउँको मौसम साधारणदेखि आंशिक बदली भएको छ । बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र थोरै ठाउँमा हल्का वर्षाको पनि  सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताउनुभयो । यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज मधेश र लुम्बिनी प्रदेशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । केही दिन अघि बढेको तापक्रम मौसम बदलीका कारण फेरि घट्न थालेको छ । हिजो जनकपुरको तापक्रम सबैभन्दा धेरै २७ दशमलव ४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

काठमाण्डौ उपत्यकाको तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । काठमाण्डौ उपत्यकामा आज पनि तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया