पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – सुन्दा अचम्म लाग्छ। एकै व्यक्तिले दाँतले टोकेर ६४ ओटा बोका काट्ने परम्परा । तर यस्तो परम्परा डोटीको आदर्श गाउँपालिकामा अहिले पनि प्रचलनमा छ ।
स्थानीयले यसलाई दैवी शक्तिका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भुत प्रेत, बाढी पहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।
आङमा देउता चढेको भन्दै एकजना झाँक्रीले जिउँदा बोका दाँतले टोकेर मार्छन् । यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ । झाँक्रीले बली चढाएको बोका आफ्नो दाँतले टोकेर दुई टुक्रा बनाउँछन् ।
बाघकै शैलीमा दाँतले बोका काट्दा पहिलो बोका स्वयं काप्ने व्यक्ति ‘डुणाबाघ’ले ल्याउँछन् । अन्य बोका गाउँका अन्य स्थानीय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ । स्थानीय श्याम रोकायाले भन्नुभयो ‘यसरी देउतालाई बोका बली चढाए गाउँ वरपर जंगली जनाबरको डर नहुने र मनोकामना पूरा हुने जनविश्वास भएकाले हामीले यो चलन राखिरहेका छौँ ।’ अनौठो मानिने दैवी शक्ति दर्शनका लागि भारतका विभिन्न ठाउँ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा मानिसहरु हेर्न आउने गरेका छन् ।
देशमा अन्यत्र कतै नभएको यो परम्परा डोटीमा भने परापूर्वकाल देखिनै चल्दै आएको स्थानीय बुढापाकाहरु बताउँछन् । पहिले–पहिले डोटीको गिरीचौकाबाट दाँतले बोका काट्दै छिमेकी जिल्ला बझाङको पिपलकोट, मयलकोश र थलारासम्म पुग्ने चलन थियो । तर अहिले यो परम्परा डोटीको गिरीचौकामा मात्रै सीमित छ ।
दाँतले बोका टोकेर छिनाल्दा आफू आफू शक्तिशाली भएको महसुस हुने १८ वर्षको उमेरदेखि दाँतले बोका काट्दै आउनुभएका झाँक्री करनबहादुर थापाले बताउनु भयो । उहाँले भन्नुभयो ‘दाँतले बोका काट्ने समयमा मलाई केही थाहा हुन्न तर कहाँबाट केही शक्ति आएजस्तो अनुभव हुन्छ ।’
परापूर्व कालमा गोठबाट बाघले खसीबोका खाने, गोठालालाई आक्रमण गर्नेजस्ता आतंक मच्चाएपछि स्थानीयले आफूले पुज्ने गरेको तेडीदेवता, धणीदेवतासँग जंगली जनावरबाट बचाउन हार गुहार मागेको र त्यही समयदेखि वर्षको एक पटक डुणांबाघ देवतालाई ६४ बोका बली चढाउने परम्परा चलेको स्थानीय अग्रजहरुले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।