पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशमा पाँचवर्षको अवधिमा चार हजार २ सय ९८ भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । ती उजुरी मध्ये ३ हजार ६ सय ५२ फर्छ्यौट भएका छन् भने ६ सय ४६ फैसला हुन बाँकी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०/७१ मा ७ सय ४९ मुद्दा दर्ता भएको मा २ सय ३२ फर्छ्यौट भएका थिए । त्यस्तै आ.व.०७१/७२ मा १ हजार १ सय २६ उजुरी दर्ता भएका थिए ।
अघिल्लो वर्षको बाँकी रहेको जोडेर त्यस वर्ष १ हजार ६ सय ४३ उजुरी पुग्दा १ हजार १ सय ३२ मात्रै फर्छ्यौट भएको अख्तियारका अधिकृत राजन नेपालले बताउनुभयो । उहाँका अनुसार ५ सय ९ मुद्दा फैसला हुन बाँकी रहेको थियो । त्यस्तै आर्थिक वर्ष ०७२/७३ मा ९ सय ५८ मुद्दा दर्ता भएकोमा कुल जिम्मेवारी १ हजार ४ सय ६७ पुग्दा १ हजार ४३ मुद्दा फर्छ्यौट भएका थिए । ४ सय २४ मुद्दा फैसला हुन बाँकी रहेको थियो ।
आर्थिक वर्ष ०७३/७४ मा ६ सय ४४ मुद्दा दर्ता भएकोमा कुल जिम्मेवारी १ हजार ६८ पुग्दा ६ सय ९५ फर्छ्यौट भएको र ३ सय ७३ फैसला हुन बाँकी देखिएको छ । गएको आर्थिक वर्षमा मा ५ सय ८८ नयाँ मुद्दा दर्ता हुँदा कुल जिम्मेवारी ९ सय ६१ मध्ये ४ सय १९ फर्छ्यौट र ५ सय ४२ मुद्दा फैसला हुन बाँकी रहेको देखिएका छन् ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ सय ३३ भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । जसमध्ये कुल जिम्मेवारी ७ सय ७५ पुग्दा अहिलेसम्म १९ मुद्दा फछ्र्याैट भएका छन् भने ६ सय ४६ मुद्दा फैसला हुन बाँकी रहेको सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी उजुरी कैलाली जिल्लामा र सबैभन्दा कम उजुरी बाजुरा जिल्लाबाट परेको छ ।
सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि गएको आर्थिक वर्षसम्म कैलालीबाट मात्रै १ हजार २ सय २१ उजुरी दर्ता भएका छन् । जस मध्ये १ हजार ३३ उजुरी फर्छ्यौट भइसकेका छन् भने १ सय ८८ मुद्दा फैसला हुन बाँकी रहेको छ । त्यस्तै कञ्चनपुरबाट त्यो समयबाट अहिलेसम्म १ हजार ४४ उजुरी दर्ता भएकोमा ९ सय ३३ फर्छ्यौट भएका छन् भने १ सय ११ मुद्दाफैसला हुन बाँकी रहको छ । बैतडी जिल्लाबाट अहिलेसम्म ४ सय ९५ उजुरी दर्ता भएको देखिएको छ । जसमध्ये ३ सय ९५ फर्छ्यौट भएका छन् भने १ सय उजुरीका फैसला हुन बाँकी रहेको छ ।
डडेल्धुराबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ३ सय ५० उजुरी दर्ता भएका छन् । ती मध्ये २ सय ९१ फछर्याैट भएका छन् भने ५९ उजुरी फैसला हुन बाँकी रहेको छ । त्यस्तै डोटी जिल्लाबाट अहिलेसम्म ३ सय ४१ उजुरी दर्ता भएकोमा ३ सय ११ फर्छ्याैट भइसकेको छ भने ३० उजुरीमाथि फैसला हुन बाँकी अख्तियारका अधिकृत राजन नेपालले जानकारी दिनुभयो ।
त्यस्तै दार्चुला जिल्लाबाट ५ वर्षमा २ सय ६१ उजुरी दर्ता भएकोमा २ सय १४ फर्छ्यौट भएका छन् भने ४७ उजुरीमाथि फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ । सुदूरपश्चिमको हिमाली जिल्ला बझाङबाट २ सय ४३ उजुरी दर्ता भएकोमा १ सय ८० फर्छ्यौट भएको र ६३ मुद्दामाथि फैसला हुन बाँकी रहेको जनाइएको छ ।
त्यस्तै अछाम जिल्लाबाट २ सय ११ उजुरी परेकोमा १ सय ७४ फछ्र्यौट भइसकेको र ३७ उजुरीमाथि फैसला हुन बाँकी रहेको जनाइएको छ । त्यस्तै बाजुरा जिल्लाबाट ५ वर्षमा १ सय १६ उजुरी परेकोमा १ सय १० फछर्याैट भएको र ६ वटा उजुरीमाथि फैसला हुन बाँकी रहेको सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी शिक्षा, प्रशासन, राजश्व र यातायातमा भ्रष्टाचार भएको भन्दै उजुरी परेको सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।