गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा नवाैँ खेलमा त्रिभुवन आर्मीसँग बराबरी खेलेपछि थ्रीस्टार क्लबो उपाधि यात्रामा ठूलो धक्का लागेको छ ।
सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा थ्रीस्टार आर्मीसँग एक–एक गोलको बराबरीमा रोकियो । त्यसो त थ्रीस्टारले एक गोलको अग्रता जोगाउन सकेन । खेलको ११ औँ मिनेटमा थ्रीस्टारका रञ्जन विष्टको प्रहार पोष्टमाथिबाट बाहिरियो । १६ औँ मिनेटमा थ्रीस्टारले अर्को मौका पाएको थियो । तर मार्टिन्सको प्रहारले सही दिशा लिन सकेन ।
३३ औँ मिनेटमा आर्मीका सुनिल बलले गरेको उत्कृष्ट प्रहारलाई रञ्जित धिमालले बचाए । ३८ औँ मिनेटमा आर्मीका सन्तोषको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । त्यसपछि इन्जुरी समयको अन्तिममा आर्मीका टंक बस्नेतको प्रहारले पनि सही दिशा लिन सकेन ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा थ्रीस्टारले अग्रता बनायो । ७० औँ मिनेटमा निराजन खड्काले मार्टिन्सको पासमा गोल गर्न सफल भए । त्यसपछि आर्मीले खेलको अन्तिम समयमा गोल गर्दै बराबरी गर्यो । उसका लागि जर्जप्रिन्स कार्कीले गोल गरे ।
बराबरीपछि थ्रीस्टारलाई उपाधि यात्रामा ठूलो धक्का लागेको छ । लिगमा पहिलो बराबरी खेलेको थ्रीस्टारले २२ अंकका साथ तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।