गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
तेह्रथुम – भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत फिदिम स्पोर्टिङ क्लब, पाँचथर र माइभ्याली फुटबल क्लब, इलाम सेमीफाइनलमा पुगेका छन् । एक–एक खेलमा जित हासिल गरेका यी दुई टिम क्वाटरफाइनल चरणका खेल नखेली लक्की ड्रमार्फत बाइमा पर्दै सिधै सेमीफाइनलमा पुगेका हुन् ।
५ टिम रहेको समुह ‘ए’ बाट मोरङलाई २–० ले पराजित गरेको पाँचथर सेमीफाइनलमा पुगेको हो । सो समूह अन्तर्गत तेह्रथुमसँग ३–२ ले विजयी संखुवासभा र उदयपुर विहीबार क्वार्टर फाइनलमा खेल्दैछन् । यस्तै ५ टिम रहेको समूह ‘बी’ बाट ताप्लेजुङलाई पराजित गरेको इलामले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
यो समूहबाट झापा र धनकुटा बिहीबार क्वाटरफाइनलमा खेल्दैछन् । झापाले बुधबार सुनसरीलाई ट्राइवेकरमा पराजित गरेको थियो । प्रतियोगिताको क्वार्टरफाइनलका दुई खेलमा बिहान ११ बजे संखुवासभा र उदयपुर तथा २ बजे झापा र धनकुटाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी थिए । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । नकआउटका आधारमा सन्चालन हुने प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनकालागि २८ लाख रुपैयाँ बढी खर्च हुने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।