रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
अभिनेता शाहरुख खानको हरेक फिल्ममा उनको नामभन्दा अगाडि अभिनेत्रीहरुको नाम लेख्ने चलन रहेको छ । भोली शुक्रबार रिलिज हुन लागेको फिल्म ‘जीरो’ मा पनि यसै अनुसार अभिनेत्री अनुष्का शर्मा र कट्रिना केफको नाम राखिएको छ ।
तर यसरी फिल्ममा नाम राख्ने क्रममा अनुष्का शर्माको नाम कट्रिना केफको भन्दा अगाडि राख्दा कट्रिना केफले चित्त दुखाएकी छिन् ।
यतिबेला अभिनेत्री कट्रिना केफमाथि अन्याय भएको समेत चर्चा हुन लागेको छ । फिल्म ‘जीरो’ मा सबैभन्दा अगाडि अभिनेत्री अनुष्का शर्माको नाम राखिएको छ र त्यसपछि कट्रिना केफको नाम र त्यस पछाडि अभिनेता शाहरुख खानको नाम राखिएको छ ।
अनुभवका हिसाबले हेर्ने हो भने अनुष्का शर्माभन्दा अगाडि कट्रिना केफको नाम राखिनुपर्ने भन्ने चर्चा चलिरहेको छ । किनकि कट्रिनाले अनुष्काको भन्दा धेरै अगाडि बलिउड करियर सुरु गरेकी थिइन् ।
फिल्म ‘जीरो’ निर्माण यूनिटले एक सदस्यका अनुसार यसरी नाम राख्दा यस विषयमा ध्यान नदिएको र यसलाई अनुभवसँग जोडेर नहेरेको बताएका छन् । साथै यस फिल्ममा अनुष्का शर्माको भूमिका कट्रिनाको भन्दा धेरै पनि नरहेको बताइएको छ ।
यस फिल्ममा अनुष्का र कट्रिना दुवैको भूमिका बराबर रहेको र दुवैजना आफ्नो भूमिकाप्रति खुशी रहेको समेत बताइएको छ ।
कट्रिना र अनुष्काले सन् २०१२ मा शाहरुख खानको फिल्म ‘जब तक हे जान’ मा पनि सँगै काम गरिसकेका छन् । सो फिल्ममा कट्रिना केफको भूमिका अनुष्काको भन्दा धेरै थियो ।
आनन्द एल रायको निर्देशनमा बनेको फिल्म ‘जीरो’ यसै शुक्रबार २१ डिसेम्बरमा प्रदर्शन हुन लागेको छ । प्रदर्शनको एक दिन अगाडि अभिनेत्रीको नामका लागि भएको विवादलाई फिल्म निर्माण युनिटले कट्रिनाको नाम अगाडि राख्दै साम्य पार्ला वा कट्रिनालाई सम्झाएर उनलाई मनाउला त्यो त पछि नै थाहा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।