गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
पल्सर ए डिभिजन लिगको १० औं चरणमा आएर मछिन्द्र क्लबले जित निकालेको छ । शुक्रबार भएको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ४–२ गोलले हराएको छ ।
खेल सुरु भएको चौथो मिनेटमै आत्मघाती गोलले सरस्वतीले अग्रता बनाएको थियो । मछिन्द्रका सञ्जय राजबहाकले सरस्वतीका रमेश तामाङले हानेको बल क्लियर गर्न खोज्दा गोल भएको थियो । त्यसको १२ औं मिनेट नबित्दै मछिन्द्रले बराबरी गोल गर्यो । मछिन्द्रका लागि कप्तान विशाल राईले गोल गरे ।
खेलको २० औं मिनेटमा बसाडिया डाईमन्डीले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । त्यसको पाँच मिनेटमै अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ३–१ को अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा फ्रान्सीस ओएमाले गोल गर्दै सरस्वतीले मछिन्द्रलाई दवाव दियो । त्सपछि कुनै गोल हुन सकेन र पहिलो हाफ ३–२ गोलमा सकियो ।
दोस्रो हाफमा सरस्वतीले राम्रा मौकाहरु सिर्जना गरेको थियो । तर गोल गर्न भने असफल रह्यो । थपिएको ५ मिनेटको इन्जुरी समयको पहिलो मिनेटमैे मछिन्द्रले ४–२ गोलको अन्तर बनायो । उसका लागि बिकाश राईले पेनाल्टी मार्फत गोल गरे ।
जितसँगै मछिन्द्र क्लबको १० खेलबाट ६ अंक सहित लिगको ११औं स्थानमा उक्लेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।