प्रियंकाको रिसेप्सनमा सलमान खानदेखि पूर्वप्रेमीसम्म पुगे

 पुष ६, २०७५ शुक्रबार १८:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

नव विवाहित अभिनेत्री प्रियंका चोपडा र निक जोनसले डिसेम्बर २० मा मुम्बईमा बलिउड स्टारहरुका लागि भव्य रिसेप्सन आयोजना गरेका थिए । 

त्यस पार्टीमा रणवीर सिंह, दीपिका पादुकोण, कट्रिना केफ, अनुष्का शर्मा लगायतका बलिउडका सुपरस्टारहरु सहभागी भएर प्रियंका र निकलाई बधाई तथा शुभकामना दिएका थिए । 


तर यस पार्टीमा केही यस्ता कलाकारहरु पनि सहभागी भएर सबैलाई चकित बनाइदिए जसको धेरैले अपेक्षा गरेका थिएनन् । यी ४ कलाकारहरुको उपस्थितिले सबैलाई चकित बनाएको थियो ।

उपस्थित भएका यी कलाकारमध्ये कसैसँग प्रियंका चोपडा एक समय प्रेममा थिइन् भने कोहीसँग उनको झगडा नै परेको थियो । तर यि कलाकारले विगतका सबै कुरालाई भुलेर प्रियंकाको रिसेप्सनमा सहभागी भएर शुभकामना दिए । 


ती ४ जना कलाकारमध्ये सलमान खानको नाम सबैभन्दा पहिले आउँछ । प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ साइन गरेर विवाहकै लागि भनेर छोडीदिएकी थिइन् । त्यसबेलादेखि नै सलमान खान र प्रियंकाबीच शीतयुद्ध चलिरहेको थियो । 

यसै कारण अभिनेता सलमान खान प्रियंकाको रिसेप्सनमा सहभागी नहुने खबर आइरहेका थिए । तर सलमानले ती सबै अफवाहलाई वेवास्ता गर्दै प्रियंका र निकको विवाहमा सहभागी भएका थिए । 


अभिनेता शाहिद कपूर र प्रियंका चोपडा कुनै समयमा एकअर्काको प्रेममा थिए । शाहिद र प्रियंकाको प्रेमको चर्चा उनकी पत्नी मीरालाई समेत थाहा थियो । तर विगतका ति सबै कुरालाई बिर्सिएर शाहिद कपूर र मीरा राजपुत पनि प्रियंका र निकको खुशीमा सहभागी भएका थिए । 


यस्तै प्रियंका चोपडाका पूर्वप्रेमी हर्मन वबेजा पनि पार्टीमा सहभागी भएका थिए । 
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया