रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडाैं - दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । उपाधिसँगै उनले नगद पुरस्कार प्राप्त गर्दै विश्व भ्रमणकाे अवसरसमेत हात पारेका छन् ।
पुर्ख्यौली घर अछाम भएका रवि अहिले कञ्चनपुरमा बस्छन् । उनले धनगढीमा भएकाे अडिसनबाट नेपाल आइडलकाे यात्रा सुरु गरेका थिए ।
उनले निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्काेटा तथा इन्दिरा जाेशीकाे निर्णय तथा प्राप्त भएका भोटका आधारमा बाँकी तीन प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेका हुन् ।
त्यसैगरी पोखराका बिक्रम बरालले दाेस्राे तथा सुमित पाठकले तेस्राे स्थान प्राप्त गरे भने झापाकी अस्मिता अधिकारीले चाैथाे स्थान ओगट्न सफल भइन् ।
पुल्चाेकमा रहेेकाे इञ्जिनियिरङ कलेजकाे मैदानमा भएकाे ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रबि ओड, बिक्रम बराल अस्मिता अधिकारी र सुमित पाठकलगायत उत्कृष्ट १० मा पर्न सफल कृशल कँडेल, पवन गिरी, नीलिमा थापा मगरले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।