गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
रुकुम – रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा खोलिएका अधिकांश मासु पसल अवैध रहेको पाइएको छ ।
सदरमुकाम क्षेत्रका सल्ले र बाग बजारमा गरिएको अनुगमनका क्रममा एउटा मासु पसल मात्र दर्ता भएको पाइएको छ । मुसीकोट नगरपालिकाको नेतृत्वमा गरिएको अनुगमणका क्रममा सल्ले र बागबजारका १४ वटा पसलमा अनुगमन गरिएकमध्ये एउटा मात्र पसल दर्ता गरिएको पाइएको अनुगमन समितिका संयोजक तथा मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारले जानकारी दिनुभयो । अधिकांश पसलहरु अवैध रहेको भेटिएको उहाँको भनाई छ ।
पसल नै दर्ता नगरेको, बोर्ड तथा मूल्य सूची नराखेको, सरसफाइमा ध्यान नदिएको, खाद्यान्न पसल र मासु पसल एकै ठाउँमा राखिएको जस्ता त्रुटिहरु भेटिएको उपप्रमुख सुनारले बताउनुभयो । अनुगमणका क्रममा अधिकांश मासु पसल अवैध रहेको भेटिएपछि नगरपालिकाले मासु पसललाई बैधानिक बनाउनका लागि एक हप्ताको समय दिएको छ ।
एक हप्तासम्म पनि पसल संचालनको प्रक्रिया पूरा नगरे बन्द गरिदिने नगरपालिकाले चेतावनी दिएको छ । ‘१४ वटा पसल अनुगमन गरिएकामा एउटा मात्र पसल दर्ता भएको भेटिएको छ’, उपप्रमुख सुनारले भन्नुभयो, ‘एक हप्ताभित्रमा दर्ता लगायतका प्रक्रिया पूरा गर्न भनेका छौं, तोकिएको समयमा प्रक्रिया पूरा नगर्ने पसललाई बन्द गरिने छ ।’
मासु पसलले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरेको अनुगमण टोलीको निष्कर्ष छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।