घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
समूह चरणको खेल नै रोमाञ्चकताले भरिपूर्ण । सुरुमा पोर्चुगलको अग्रता त्यसपछि स्पेनको बराबरी गोल । फेरि पोर्चुगलको अग्रता, स्पेनको बराबरी र अग्रता । त्यसपछि फेरि पोर्चुगलको पुनरागमन । एउटा खेलमा ६ गोल, एक ह्याट्रिक । प्रत्येक गोलले दुवै टिमको पावरलाई ब्यालेन्स गरिरहेको थियो ।
समूह चरणकै पहिलो खेलमा प्रतिस्पर्धामा उत्रिएका दुई युरोपेली टोली स्पेन र पोर्चुगलको खेल निकै नै रोमाञ्चक र सनसनीपूर्ण भयो ।
क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले सन् २०१० को विश्व विजेता स्पेनलाई बराबरीमा रोकेको छ । खेलमा पोर्चुगलले २ पटक अग्रता बनाएको भए पनि स्पेनका डिएगो कोस्टाले दुई पटक नै बराबरी गरेका थिए ।
त्यसपछि नाचोले ५८ औं मिनेटमा गोल गर्दे स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । रोनाल्डोले खेल सकिन २ मिनेट बाँकी छँदा फ्रिकिक मार्फत ह्याट्रिक पूरा गर्दै स्पेनलाई १ अंकमा रोके । यसअघि चौथो मिनेटमा पाएको पेनाल्टीलाई गोल गरेका रोनाल्डोले ४४ औं मिनेटमा दोश्रो गोल गरेका थिए । रोनाल्डोको प्रहारलाई स्पेनका गोलरक्षक डेभिड डि गियालेले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । रोनाल्डोको प्रहार उनले समात्न खोजे पनि उनको हातबाट फुस्केर गोल हुन पुगेको थियो ।
योसँगै रोनाल्डोले आफूले खेलेका चार वटै विश्वकपमा गोल गरेका छन् । उनी चार वटा विश्वकपमा गोल गर्ने सीमित खेलाडीको सूचीमा सामेल भएका छन् । यसअघि पेले, मिरोस्लाभ क्लोस, उवे सीलरले मात्रै चार वटा विश्वकपमा गोल गरेका छन् । विश्वकपमा पेलेले १२, सीलरले १४ र क्लोसले १६ गोल गरेका छन् । रोनाल्डोले भने यसअघि २००६, २०१० र २०१४ को विश्वकपमा एक–एक गोल मात्रै गरेका छन् ।
रोनाल्डोले क्लब र कन्ट्री करिअरमा गरी आफ्नो ह्याट्रिक संख्या ५१ पुर्याएका छन् । विश्वकपको इतिहासमा पनि उनको ह्याट्रिक ५१ औँ ह्याट्रिकको रुपमा दर्ता भएको छ । शुक्रबारको खेलमा रोनाल्डोले प्रहार गरेका ४ प्रहारमध्ये ३ वटा प्रहार गोलमा परिणत भए ।
नवनियुक्त प्रशिक्षक फर्नान्डो हिएराेकाे योजनामा मैदान उत्रिएको स्पेनले २ पटक पछि परे पनि पोर्चुगलमाथि दवाव बनाएको थियो । रियल मड्रिडमा नियुक्त हुनेबारे कुनै सल्लाह नै नगरेको भन्दै स्पेनले विश्वकप सुरु हुने अघिल्लो दिन जुलेन लोपोटेगीलाई बर्खास्त गरेर पूर्व खेलाडी हिएरोलाई प्रशिक्षक बनाएको छ ।
समूह बीमा रहेका पोर्चुगल र स्पेनले बराबरी खेल्दै एक–एक अंक बटुल्दा इरानले मोरक्कोमाथि जित हात पार्दै ३ अंक बटुलेको छ ।
तस्बिरहरु - डेलीमेलबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।