धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाडाैं - हास्य कलाकार राजाराम पौडेलले आज जन्मदिन मनाएका छन् । उनी आजबाट ६१ पूरा भएर ६२ वर्ष लागेका छन् ।
राजाराम यतिबेला मह सञ्चारको निर्माणमा बन्दै गरेको चलचित्र दालभात तरकारीको छायांंकनमा व्यस्त छन् । चलचित्र दालभात तरकारी युनिटले छायांकनस्थलमै हास्यकलाकार राजाराम पौडेलको जन्मदिन मनाएको छ ।
दालभात तरकारी युनिटले उनलाई शुभकामना दिन विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
हरेक हास्य कलाकारको जन्मदिनमा रेडियो अडियोले रेडियो अडियोकै कौशीमा केक काट्ने गरेको छ । यस वर्ष भने दालभात तरकारीको छायांकनमा व्यस्त भएका कारण छायांकनस्थलमा नै उनको जन्मदिन मनाइएको हो ।
उनलाई शुभकामना दिन रेडियोअडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियासहित रेडियो अडियोको टिम चलचित्र छायांकनस्थलमै पुगेकाथिए ।
राजाराम पौडेल पछिल्लो समय चलचित्रमा व्यस्त हास्यकलाकार हुन् । रेडियो नाटकबाट अभिनययात्रा सुरु गरेका पौडेल अहिले सिनेमामा चल्तीका मुख्य कलाकार हुन् । उनी विशेषत नेपाल टेलिभिजनबाट महका श्रृंखलाआउँदा बढी चर्चित थिए ।
त्योभन्दा बढी चर्चा उनलाई जिरे खुर्सानीले दियो । जिरे खुर्सानी झण्डै एक दशक एनटीभीमा प्रसारण हुने चर्चित हास्यश्रृंखला हो । शिवहरि र जितु नेपाल यसका निर्देशक थिए । यही श्रृंखलाबाट पौडेल सबै दर्शकको मन–मनमा बस्न सफल भए ।
तर पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुने अधिकांश टेलिचलचित्रहरु बन्द भैसकेका छन् ।
चलचित्र दालभात तरकारीमा उनी कलाकारका साथै निर्माता पनि हुन् । त्यस्तै चलचित्र सय कडा दशमा पनि उनी कार्यकारी निर्माताका रुपमा प्रस्तुत भएका छन् ।
पछिल्लो समय हास्यकलाकार राजाराम पौडेल नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको मुन्द्रेको कमेडी क्लबमा सहभागी भएर दर्शकलाई हसाउँदै आएका छन् ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।