गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितिसके पनि आज हुन थ्रीस्टार र संकटाबीचको खेलले दोस्रो स्थानको निर्धारण गर्नेछ ।
थ्रीस्टार र संकटाबीचको खेल आज साढे दुई बजे एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । तालिकामा संकटा २५ अंकसहित दोस्रो स्थानमा छ भने दुई अंकले पछि रहेको थ्रीस्टार तेस्रो स्थानमा छ । लिगको उपविजेता बन्ने सम्भावना कायम राख्नका लागि आज थ्रीस्टारलाई जित अनिवार्य छ । संकटालाई हराउन सकेको खण्डमा थ्रीस्टारले एक अंकको अग्रता लिनेछ र दोस्रो स्थान हात पार्ने टिमको टुंगो अन्तिम खेलले लगाउनेछ ।
संकटाले जित हात पारेमा भने दोस्रो स्थान सुरक्षित गर्नेछ । बराबरी भएको खण्डमा भने अन्तिम खेलको नतिजासम्म कुर्नु पर्नेछ ।
साढे दुई बजे हल्चोक मैदानमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् । हिमालयन शेर्पा क्लब १७ अं सहित सातौं स्थानमा छ । उपाधि जितिसकेको मनाङको ३३ अंक छ ।
लिगमा शतप्रतिशत खेल जितेर इतिहास कायम गर्नका लागि मनाङलाई यो खेल जित्नै पर्नेछ । हिमालयन शेर्पा भने मनाङको अपराजित यात्रा तोड्दै छैटौँ स्थानमा लिग अन्त्य गर्ने लक्ष्यमा रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।