पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वरका वडा अध्यक्ष बुद्धिसागर बिनाडीले पारिश्रमिकको केही अंशबाट आफ्नो गाउँपालिका विभिन्न वडाका अपाङ्ग, असहाय, बृद्ध, दलितहरुलाई आर्थिक सहयोग गर्नु भएको छ ।
उहाँले आफ्नो गाउँपालिकाका सबै वडामा रहेका असहायहरुलाई २ हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्नु भएको हो । उहाँले आफूले गरेको आर्थिक सहयोग धेरै ठूलो नभए पनि असहाय र बिपन्न व्यक्तिका लागि ठूलो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबैले यसरी नै अलिकति भए पनि सहयोग गरे असहाय र बिपन्नलाई ठूलो सहयोग हुन्थ्यो ।’ त्यस्तै उहाँले आफनो वडाभित्र रहेका विद्यालयहरुबाट छनोट गरी गरिब, जेहेन्दार, उत्कृष्ठ अंक ल्याउने दशजना छात्राछात्र र गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ठ काम गर्ने केही कर्मचारीहरुलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताउनुभयो ।
पाँचवटा वडा रहेको बडिकेदार गाउँपालिका भौगोलिक रुपमा बिगट गाउँपालिका हो । गाउँपालिकाभित्र धेरै गरिब बस्तीहरु रहेका छन् । बिनाडी कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।