लिभरपुलको अपराजित यात्रा रोकियो, सिटी २–१ ले विजयी, उपाधि होड बन्यो रोमाञ्चक

 पुष २०, २०७५ शुक्रबार ६:२३:४३ | एजेन्सी

इंग्लिस प्रिमियर लिगमा लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित भएपछि उपाधिको होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा लिग लिडर लिभरपुल सिटीसँग दुई–एक गोलले पराजित भयो । 

इत्तेहाद स्टेडियममा भएको निकै रोमाञ्चक खेलको पहिलो आधा घण्टा गोलरहित बराबरी भएको थियो । तर ४० औँ मिनेटमा सिटीका सर्जियो अगुइरोले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक–शून्यले अगाडि रहेको सिटीविरुद्ध ६४ औँ मिनेटमा लिभरपुलका लागि रोबेर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

तर ७२ औँ मिनेटमा सिटीले फेरि खेलमा अग्रता बनायो । यसपटक उसका लागि जर्मन खेलाडी सानेले गोल गर्न सफल भए । त्यसपछि लिभरपुलले खेलमा फर्कन दुईवटा सुन्दर मौका पाए पनि सफल भएन ।

जसका कारण उसले सिजनको पहिलो हार व्यहोर्न पुग्यो । यो हारपछि सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ ।


 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया