पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – शनिबार बिहानै दिपायलका स्थानीयको खेतबारीमा दर्जनभन्दा बढी गाई गोरु देखिए ।
भरखर उम्रिएको गहुँ ती गोरुले चरेपछि खेत बाँझो भएको थियो । त्यसपछि स्थानीयहरुले गोरु लखेट्दै बीच पिपल्ला बजारमा पु¥याए । बजारमा पुग्दासम्म दुई दर्जनभन्दा बढी छाडा चौपायाहरु जम्मा भैसेका थिए ।
बजारमा आफ्ना बेच्न राखिएका तरकारी बचाउन एकले अर्को ठाउँमा धपाउँने, अर्कोले अर्को ठाउँमा धपाउँने । यो क्रम दिपायलवासीका लागि नौलो भने थिएन । पछिल्लो समयमा छाडा चौपायाका कारण सार्वजनिक यातायात सेवामा पनि चुनौती भएको छ । सडकभरी छाडा चौपायाका कारण दुर्घटना समेत त्यत्तिकै बढेको छ । तर गाई–गोरुको न्यायोचित व्यवस्थापन भने हुन सकेको छैन ।
दिपायल सिलगढी नगरपालिकाले सामुदायिक वनमा काञ्जिहाउस बनाएमा मात्रै छाडा चौपायाको व्यवस्थापन हुने डोटी उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छाडा चौपायाका कारण स्थानीयवासी र सवारी चालकलाई हैरानी भइसक्यो, यसको चाँडै व्यवस्थापन नगरपालिकाले गर्नुपर्छ ।’
‘नगरपालिकाले त्यो अभियान चलाए २÷४ जना युवाले रोजगार पनि पाउने थिए’, उहाँले थप भन्नुभयो, ‘ब्यस्त शहरमा गाई पाल्न फुर्सद नहुँदा काञ्जिहाउसमा छोड्ने र गाई गर्भवती हुँदा घरमा ल्याएर पाल्न दुहुन सकिन्छ । त्यसको लागि उद्योग बाणिज्य संघ डोटीले भरपुर सहयोग गर्ने छ ।’
केही वर्ष यता छाडा चौपायालाई व्यवस्थापन गर्न स्थानीय सडक तथा पिपल्ला बजारमा निकै समस्या भएको छ । रातभरी स्थानीय बजार वरिपरी बालीनाली तथा तरकारी बारीको नोक्सान गर्ने र बिहान स्थानीयले लखेटेर सडक तथा बजारमा छोड्नुले यात्रु तथा अन्य सबै सेवाग्राहीका लागि सास्ती बन्दै आएको अमर पुस्तक पसल पिपल्लाका व्यापारी सर्बजित देउवाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘छाडा चौपायाले किसानलाई मात्र नभएर स्थानीय व्यापारीलाई पनि दुख दियो, पसलमै आएर साग खाइदिन्छन्, हैरानी बनायो ।’ साघुँरो सडकमा देखिने छाडा चौपायाका कारण सडक दुर्घटना हुने गरेको सवारी चालकहरु बताउँछन । छाडा चौपायाको व्यवस्थापन गर्न स्थानीय तहले कुनै आधिकारीक कार्यक्रम ल्याएको छैन ।
हिन्दु धर्मालम्बीहरुको मान्छे मरेपछि दान लिने दिने जनावर नै गाई भएकाले ब्राम्हणहरुले नै बढी गाई छोड्ने गरेको स्थानीयको आरोप छ । कतिपयले गाई दुहुनका लागि या गोरु जोत्नका लागि किन्ने र बिना सिजनमा छाडा छोड्ने गरेको उद्योग बाणिज्य संघका महासचिव दिपक खड्काले बताउनुभयो ।
‘पशुसँग स्वार्थ लुट्नेलाई कडा कार्बाही गर्नुपर्छ’, खड्काले भन्नुभयो, ‘बाँचे अर्को साल फिर्ता ल्याउला, मरे पनि उतै मर्छन भन्ने प्रवृतिले छाडा चौपायाको बिचल्ली भएको छ । यसरी छोड्नेलाई स्थानीय प्रशासनले कडा कारबाही गर्नुपर्छ ।’
छाडा चौपायाले सडकमा मात्र नभएर किसानहरुलाई पनि सास्ती दिँदै आएका छन । बेमौसमी तरकारी तथा अन्नबाली पनि जोगाउनै कठिन भएको नेकपा डोटीका नेता तथा स्थानीयवासी तेज डुम्रेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।