तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
रुपन्देही - रुपन्देहीमा प्रहरीले हानेको गोली लागेर पूर्व माओवादी कार्यकर्ताको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर-१०, शंकरपुरमा शनिबार राति भएको भिडन्तमा परि सिद्धार्थनगर-६ का केदार साहनीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार साहनीले गोली चलाएपछि भिडन्त भएको हो । उनी २०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुड खनेर भागेका माओवादी कार्यकर्ता हुन् ।
पछि उनी जनतान्त्रिक तराइ मुक्ति मोर्चामा सहभागी भएर रुपन्देहीमा विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । भैरहवाका आकास गुरुडको हत्यामासमेत उनको संलग्नता रहेको प्रहरीले बताएको छ ।
उनले सीमाना पारी बसेर नेपालतर्फ तस्करी गर्ने गरेको प्रहरीले बताएको छ । प्रहरीले घटनास्थलबाट स्वचालित पेस्तोल तथा उनले प्रयोग गरेको यूपी ५३ एच २०२८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।
रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाका अनुसार साहनी प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेका व्यक्ति हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।