भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाडौं – एलिजा गौतमको निर्माण तथा अभिनय रहेको पहिलो सिनेमा ‘अनुराग’ साउन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
दुई सन्तानको आमा बनिसकेपछि सिनेमामा प्रवेश गरेकी उनी नेपाली समाजका धेरै महिलाहरुको लागि प्रेरणाको स्रोत बनेकी छिन् । हामी यस्तो समाजमा बस्छौँ जहाँ महिलाहरु विवाहपछि जिन्दगी सकिएको महसुस गर्न बाध्य हुन्छन् । त्यसपछिको उनीहरुको जीवन भनेको घर गृहस्थी र चुलो चौकोमा नै सिमित हुन्छ । अर्कातर्फ आमा बनिसकेपछि त प्रायः महिलाहरुले करिअर सुरु गर्ने बारेमा सोचेकै हुँदैनन् ।
त्यस्ता महिलाहरुको लागि एलिजा एउटा उदाहरण बनेकी छिन् । उनले जीवनमा काम र करिअर सुरु गर्न जुनसुकै समयमा सकिने कुरा प्रमाणित गरिदिएकी छिन् ।
पत्रकार ऋषि धमलासँगको विवाहपछि दुई जना सन्तान जन्माएर सिनेमामाप्रवेश गरेकीउनले आफू पहिले देखिको योजनाअनुसार नै सिनेमामा आएको बताउँछिन् । विवाह हुनुभन्दा पहिलेदेखि नै अभिनयमा रुचि भएका कारण दुई सन्तानकी आमा बनिसकेपछि सिनेमामा काम गरेको उनी बताउँछिन् ।
समयमै छोराछोरी पाएपछि ढुक्क हुने र काममा अघि बढ्न सहज हुने सोचेर आफू जीवनमा अघि बढेको उनको भनाई छ । उनका तीन वर्षकी छोरी एरिका र डेढ वर्षका छोरा एरिक छन् ।
अहिले उनले छोरी एरिकालाई आफ्नो साथमा राखेकी छिन् भने छोरा एरिक भने क्यानडामा छन् । एलिजाले आफ्नो काम व्यस्ततालाई ध्यानमा राख्दै छोरा एरिकलाई आमासँग क्यानडा पठाएकी हुन् । छोरालाई आफूबाट टाढा राखेर काम गर्न एलिजालाई त्यति सहज भने छैन । तर उनी अहिले सिनेमा प्रचारप्रसारको लागि समय दिनु पर्ने भएका कारण छोरा एरिकलाई आफूसँग राख्न सम्भवाना भएका कारण आमासँग क्यानडा पठाएको बताउँछिन् । आफूलाई जन्म दिने र हुर्काउने आमाले आफ्नो छोरालाई पनि राम्रोसँग हुर्काउनेमा उनी ढुक्क छिन् ।
दिनभर बाहिरी काममा व्यस्त हुने भएका कारण एलिजा खासै छोरालाई सम्झने समय पाउँदिनन् तर साँझ परेपछि जब घरमा पुग्छिन् उनलाई छोराको यादले सताउँछ । हामीसँग छोरा एरिकको बारेमा यति बोल्दा एलिजाभावुक देखिइन् ।
आफ्नो पहिलो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा भने उनी उत्साहित देखिएकी छिन् । यो सिनेमाबाट राम्रो नतिजा पाउनेमा उनी आशावादी छिन् ।
-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।