काठमाण्डाैमा आज ३ वटा शव भेटिए
मंसिर ८, २०८१ शनिबार
काठमाडौं – के तपाईं रोजगारीका लागि विदेश जाने सोचमा हुनुहुन्छ रु त्यसो हो भने सीप सिकेर जाँदा मात्रै तपाईले विदेशमा राम्रो काम र तलव पाउन सक्नुहुन्छ ।
कामदारको धेरै माग रहेको खाडीका देशमा चाहिने सीप सित्तैमा सिक्न पनि पाइने भएको छ । नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क तालिम दिन लागेको हो ।
पुरुष कामदारले मेसन (डकर्मी) र सटरिङ कार्पेन्टर ९फर्मा लगाउने० सीप सित्तैमा सिक्न पाउनेछन् । यो तालिम लिने व्यक्तिहरुको तालिमको अन्त्यमा सीप परीक्षण (Skill Test) पनि गरिनेछ ।
सीप परीक्षणमा सफल हुनेलाई खाडीका देशमा मान्यताप्राप्त प्रतिष्ठित तालिम दिने संस्थाले प्रमाणपत्र समेत दिनेछ । त्यसैगरी पुरुषकै लागि सिमित संख्यामा स्काफोल्डिङ्ग ९फलामबाट बनेका पाइपको खट बाँध्ने, वेल्डिङ् र औद्योगिक इलेक्ट्रिसियनको तालिम पनि सञ्चालन भइरहेको छ ।
सबै खालको तालिम लिन १९ देखि ३५ वर्षभित्रको उमेर हुनुपर्ने, पासपोर्ट भएको र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएको हुनुपर्छ ।
कसले तालिम लिन पाउँछन् ?
मेसनका र स्काफोल्डिङ्गका लागि कक्षा ५ भन्दा माथि र वेल्डिङ् तथा सटरिङ कार्पेन्टरका लागि कक्षा ८ पास गरेको हुनुपर्छ । औद्योगिक इलेक्ट्रिसियनका लागि कक्षा १० पास भइ इलेक्ट्रिसियन तह १ को प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ ।
त्यस्तै, जोर्डनका गार्मेण्ट कम्पनीहरुमा रोजगारीका अवसरलाई लक्षित गरी महिलाहरुका लागि मात्र गार्मेन्ट मेशिन अपरेटर तालिम सञ्चालन भइरहेको छ । १९ देखि ३० वर्षभित्रका, कक्षा ५ भन्दा माथि पढेका, पासपोर्ट बनाएका र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका महिलाले गार्मेन्ट सम्बन्धी तालिम लिन सक्नेछन् । तालिम सकिएपछि एक रुपैयाँ पनि लगानी नगरी जोर्डनमा रोजगारीका लागि जान पाइनेछ ।
सबै तालिम एक महिना ९ दिनको हुनेछ । तालिममा सहभागी हुन कसैलाई कुनै पनि शीर्षकमा शुल्क तिर्नुपर्दैन । तालिम अवधिमा परिवार व्यवस्थापन, आम्दानीको व्यवस्थापन, नयाँ ठाउँमा घुलमिल हुने, स्वास्थ्य, सुरक्षा आदि विषयमा पनि जानकारी दिइन्छ । तालिममा सहभागी हुनेलाई तालिम अवधिभर खाने र बस्ने सुविधा समेत निःशुल्क दिइनेछ ।
तालिम पूरा भएपछि इच्छुक व्यक्तिलाई रोजगारीका लागि विदेश जान तालिम केन्द्रले समेत आवश्यक सहयोग गर्नेछ । तालिममा सहभागी हुन इच्छुकले साेमबार देखि शुक्रबार विहान ९ बजेदेखी बेलुकी ५ बजेसम्म मोवाइल नम्बर ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गरेर थप जानकारी लिन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
sundar gurung
April 23, 2019, 11:08 p.m.एकदम राम्रो लाग्यो।
Manojkumar
June 19, 2018, 2:34 p.m.Formane