गाउँपालिकाको आफ्नै बस : भाडा अरुको भन्दा ३० प्रतिशत सस्तो

 माघ १३, २०७५ आइतबार १०:१:५१ | विमल बिष्ट
unn.prixa.net

डोटी – पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे – सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुईवटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु भएपछि पूर्वीचौकीका बासिन्दालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । 

अछामको सिमाना चौखुट्टेदेखि सिलगढीसम्म बिहान, दिउँसो र बेलुका बस छुट्ने गाउँपालिकाका प्रशासकीय अधिकृत बिनोद सापकोटाले बताउनुभयो । 

गाउँपालिकाले बस सेवा शुरु गरेपछि यहाँका बासिन्दा खुशी भएका छन् । गाउँपालिकाले एक्साभेटर सेवा पनि सुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार, मर्मत तथा सुधार गर्नका लागि आफ्नै जोडर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो । 

३० प्रतिशत सस्तो भाडा 

पूर्वीचौकी गाउँपालिकाले अरु गाडीमा भन्दा ३० प्रतिशत कम भाडादर निर्धारण गरेको छ । मुनाफाभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । 

चौखुट्टेदेखि सिलगढीसम्मको सार्वजनिक यातायातमा १ सय ५० रुपैँया भाडा दिने गरेको भए पनि गाउँपालिकाले १ सय १० रुपैँया मात्र कायम गरेको छ ।

यसअघि दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाले पनि आफ्नै बस सेवा सञ्चालन गरेका छन् । डडेल्धुराको सिमाना कोरालखोलादेखि अछामको चौखुट्टेसम्म स्थानीय सरकारका बस सञ्चालन भएका छन् ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया