पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – पूर्विचौकी गाउँपालिका बस्ने एउटी गर्भवती महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ परेका छन् ।
पीडित महिला आफन्तको घरमा सामान पुर्याएर घर फर्कने क्रममा बाटोमा जबरजस्ती करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । महिलाको स्वास्थ्य जाँच गर्दा गर्भको बच्चा सकुशल रहेको जिल्ला स्वास्थ्यलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जबरजस्ती करणीको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
गर्भवती महिलालाई करणी प्रयास गर्नेमाथि जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा आइतबार नै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीले पीडकको नाम भने गोप्य राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।