गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
यूएईविरुद्धकाे तेस्राे एक दिवसीयमा नेपाललाई दोस्रो झड्का लागेको छ ।
यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि दोस्रो विकेटको रुपमा ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले ३५ बल खेल्दै ४ चौकाको मद्दतले ३१ रन बनाएर आउट भए ।
उनलाई यूएईका इमरान हैदरले एलबीडब्लूको धरापमा पारेका थिए । १९ रनमा विनोद भण्डारी आउट भएपछि मैदानमा आएका कप्तान पारस खड्कासँग ज्ञानेन्द्रले ६२ रनको साझेदारी गरेका थिए । यसअघि नेपालले पहिलो विकेटको रुपमा ९ रन बनाएर खेलिरहेका विनोद भण्डारीलाई गुमाएको थियो ।
नेपालले अहिले १५ ओभरकाे खेल सकिँदा २ विकेटको नोक्सानीमा ८२ रन जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।