पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा अब विगतको जस्तो चामल र लिटो बाँड्ने काम बन्द हुने बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगले गरेको कर्णाली प्रदेश परामर्श बैठकमा मुख्यमन्त्री शाहीले चामल र लिटो बाँड्न बन्द गरेर स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।
चामल र लिटो बाँड्ने कामले परनिर्भर बढाएको र श्रम गर्ने मानसिकतामा परिवर्तन ल्याएकाले अबदेखि चामल लिटो बाँड्ने काम बन्द गरेर श्रम गर्ने वातावरण तयार पार्न आफू लागेको बताउनुभयो ।
विदेशका समान किनेर प्रयोग गर्नुभन्दा पनि स्थानीय उत्पादनलाई बढावा दिँदै स्थानीय उत्पादन नै प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
‘अब आफ्नै ठाउँमा उत्पादन भएका उनीका टोपी, कपडा लगाउँ, भेडाबाख्रा, माछा पालनमा जोड दिउँ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘प्रत्येकको घरमा भैंसी पालौँ, स्थानीय सरकारले भैंसी किनिदिने अभियान सुरु गरौँ । प्रदेश सरकारले पनि यसमा सहयोग गर्छ ।’
मुख्यमन्त्री शाहीले स्थानीय सकार सडकको मात्र पछि लागेको भन्दै सामाजिक विकास तर्फ ध्यान दिएर योजना बनाउन आग्रह गर्नुभयो ।
उहाँले राष्ट्रिय योजना आयोगमा २०/३० हजारका योजना उल्लेख नगर्न पनि आग्रह गर्नुभयो । २०/३० हजारका योजना वडा अध्यक्षले गर्ने हो भन्दै अब प्रदेशमा आयोजना निर्माण गर्दा संघीय सरकारले ठूला आयोजना संचालन गर्नुपर्ने बताउनुभयो ।
योजना आयोगको पन्ध्राैँ योजनामा बुटवलदेखि सुर्खेतसम्म ४ सय केभीको विद्युत प्रसारण लाइन ल्याउने, भेरी करिडोर, कर्णाली करिडोरलाई सम्पन्न गरेर तिब्बतसम्म जोड्ने, विद्युत उत्पादनलगायतका ठूला आयोजनाहरु उल्लेख गरिनुपर्ने भन्दै उहाँले फेरि पनि विगत जस्तै २०-३० हजारका योजना आए त्यसलाई बहिष्कार गर्ने चेतावनी पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।