गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
पहिलो लेगमा २–० ले पछि परेको स्थिति उल्टाएर दोस्रो लेगमा गोलको वर्षासहित सेभियालाई हराउँदै बार्सिलोना स्पेनिस कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेभियाले पहिलो लेगमा २–० को जित निकालेको थियो । नाउ क्याम्पमा फिलिप काउटिन्होले पेनाल्टीमार्फत १३ औं मिनेटमै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।
२७औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पाए पनि एभर बेनेगाको पेनाल्टी बार्सिलोनाका गोलरक्षक जस्पर चेलिसनले उत्कृष्ट बचाउ गरे ।
त्यसको चार मिनेटपछि इभान राकिटिचले गोल गरे पहिलो हाफमा २–० को अग्रता दिलाए । ५३औं मिनेटमा काउटिन्होले व्यक्तिगत दोस्रो गोल र त्यसको एक मिनेटपछि नै सेर्गी रोवर्टोले गोल गर्दा बार्सिलोनाले समग्रमा ४–२ को अग्रत बनायो ।
६७औं मिनेटमा गुलहेर्मे एरेनाले सेभियाका लागि गोल गरे पनि नतिजा आफ्नो पक्षमा आउन सकेन । खेलको अन्त्यतिर सुपरस्टारहरु लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले समग्रम ६–३ गोलअन्तरको जितसहित उपाधि रक्षाको अभियानमा एक खुट्किलो उक्लिएको छ ।
बार्सिलोना, भ्यालेन्सिया र रियल बेटिस सेमिफाइनलमा पुगिसकेका छन् । चौथो क्वार्टरफाइनल खेल रियल मड्रिड र जिरोनाबीच बिहीबार हुनेछ । यी दुईबीचको पहिलो लेगमा ४–२ गोलले रियल अघि छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।