नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्कँदै, विमानस्थलमा भव्य स्वागतको तयारी

 माघ २०, २०७५ आइतबार २१:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टिम भोलि स्वदेश फिर्ता हुने भएको छ । 

२ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो ।

नेपाली क्रिकेट टिम भोलि अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ । नेपालले सिरिज जित्दा ऐतिहासिक सफलता प्राप्त गरेको छ । आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले उपाधि नै हात पार्न सफल भयो । पहिलो सिरिजमा पनि नेपाल पराजित भएको थिएन ।

नेपाले पहिलो सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा फर्किएको थियो । यस पटक एक दिवसीय र टी–२० का सुरुका खेल हारे पनि लगातार दुई–दुई खेल जित्दै सिरिज नै आफ्नो पोल्टामा पार्न सफल भयो । 

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने नेपाल नआउने जनाइएको छ । उनी अष्ट्रेलियामा जारी बिग ब्याश लिग खेल्न यूएईबाट उतै जानेछन् ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया