गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – एक दिवसीय र टी–२० सिरिज जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
खेलाडीहरुकाे स्वागत गर्न पुगेका समर्थकहरुले ‘बाबुआमाले के भन्छन्, क्रिकेट खेल्न जाउ भन्छन्’ भन्दै नारा लगाएपछि विमानस्थलको माहोल नै अर्कै भएको थियो ।
यूएईमा भएको तीन वटा एक दिवसीय र तीन वटा टी–२० को सिरिज नेपालले २–१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको छ । सोमबार अपरान्ह काठमाण्डौ आइपुगेको नेपाली टोलीलाई स्वागत गर्न खेल क्षेत्रका साथ समर्थकको पनि बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सेना, सदस्य सचिव केशवकुमार विष्ट र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्ल्सिेना विमानस्थल पुगेका थिए ।
स्वागत गर्न विमानस्थल पुगेका समर्थकले नेपाली क्रिकेट टोलीको जयजयकार गर्दा खेलमन्त्रीको भने विरोध गरे ।
नेपाली टोलीलाई रातो कार्पेट र फूलमालाले स्वागत गरिएको थियो । त्यस्तै विमानस्थलमै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले खेलाडी तथा अफिसियलहरुलाई सम्मानस्वरुप जनही १०–१० हजार रुपैयाँ पनि प्रदान गरेका थिए ।
नेपाली टोलीमा लेग स्पिनर सन्दीप लामिछाने फर्किएका छैनन् । सन्दीप बिग ब्याश लिगका लागि आजै अष्ट्रेलिया प्रस्थान गर्ने व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सबैको मेहनतले सिरिज जित्न सफल रहेको बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।