गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
सर्लाही - सर्लाहीको मुर्तियामा जारी मुक्तेश्वर महोत्सव हेर्न आएका दर्शकलाई शुक्रबार कुस्तीबाज पहलमानहरुले आकर्षित गरे । महाेत्सव आयाेजकले शुक्रबार कुस्ती प्रतियोगिता आयाेजना गरेकाे थियाे ।
प्रतियाेगितामा २ नम्बर प्रदेशभित्रका पहलमानहरुले भाग लिएका थिए । कुस्ती प्रतियाेगिता तराईमा अत्याधिक रुचाइने खेल पनि हाे । खेल हेर्न २ नम्बर प्रदेश र भारतबाटसमेत दर्शकको घुइँचो लागेको महोत्सव आयोजक समितिका पुण्यप्रसाद खतिवडाले बताउनुभयाे ।
शुक्रबार मध्याह्नबाट सुरु भएको कुस्तीमा विभिन्न तौल समूहका पाँच जोडी कुस्तीबाजहरुले प्रतिष्पर्धा गरे । प्रतियाेगितामा तौल अनुसार प्रथम हुनेलाई पाँच हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ पुरस्कारको व्यवस्था थियो ।
प्रतियोगितामा सर्लाहीकाे बरहथवाका चन्देश्वर राय प्रथम भए । उनले सर्लाहीकै खयरवाका अमिर सहनीलाई हराउदै प्रथम पुरस्कार हात पारेका हुन् ।
माघ २२ देखि सुरु भएको महोत्सव माघ २८ गते सम्म चल्ने आयाेजकले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।