पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बर्दिया – बर्दियाका मुक्त कमैयाले पुनःस्थापना गर्न ढिलाई भएको भन्दै बर्दिया जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा १२ बुँदे मागसहित ज्ञापनपत्र पेश गरेका छन् ।
मुक्त कमैयाको क्षेत्रमा काम गर्ने संस्था कमासु दिगो विकास समाज, बर्दिया र मुक्त कमैया समाजको नेतृत्वमा हजारौ संख्यामा मुक्त कमैया तथा परिवारहरु बर्दिया सदरमुकाम गुलरियामा आएर ज्ञापनपत्र बुझाएका हुन् । मुक्तकमैयाहरु सदरमुकाम गुलरियामा भेला भएर मादल बजाउँदै र्यालीसहित ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
सुतेको सरकारलाई सांकेतिक रुपमा उठाउनका लागि मादल बजाएर र्यालीसहित ज्ञापनपत्र बुझाइएको कमासु दिगो विकास संस्थाका अध्यक्ष बिन्तिराम थारुले जानकारी दिनुभयो । १८ वर्षअघि २०५७ साल साउन १ गते नेपाल सरकारले कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो ।
नेपाल सरकारले अर्थिक वर्ष २०५७/५८ सालदेखि नै प्रत्येक वर्ष मुक्त कमैयाहरुको पुनःस्थापना गर्ने नीति तथा कार्यक्रमहरु बनाउँदै आए पनि अझैसम्म पनि नेपाल सरकारले उचित व्यवस्थापन गर्न नसकेकाले राज्यको ध्यानार्कषण गर्नका लागि यो ज्ञापनपत्र पेश गरेको कमासु दिगो बिकास संस्थाका अध्यक्ष बिन्तिराम थारुले बताउनुभयो ।
नेपाल सरकारले मुक्तकमैयाहरुलाई पुनःस्थापना गर्नमा ढिलासुस्ती तथा फितलो तरिकाले गरिहेकोले मुक्तकमैयाको समस्या जटिल बन्दै गएको ज्ञापनपत्रमा उल्लेख छ । मुक्त कमैयाको पुनःस्थापना कार्य ज्ञापनपत्र बुझाएको ३० दिन भित्र काम सुरु नभएमा चरणबद्ध रुपमा आन्दोलन गर्ने समेत अध्यक्ष चौधरीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।