गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
कैलाली - धनगढी प्रिमियर लिगमा घरेलु टिम धनगढी स्टार्सले लगातार तेस्रो हार व्यहोरेको छ ।
आज भएको खेलमा विराटनगरले धनगढीलाई २१ रनले पराजित गर्यो । हारपछि धनगढीको प्लेअफको सम्भावना निकै कठिन भएको छ ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै १०३ रन बनायो । करण केसीको कप्तानीमा रहेको विराटनगरले निकै खराब सुरुवात गरेको छ । उसले मात्र दुई रनमा ओपनर हरिशंकर शाहलाई गुमायो । त्यसपछि १२ रन हुँदा अर्का खेलाडी कुशल भुर्तेल पनि मात्र ६ रनमा आउट भए ।
त्यसपछि उसको स्कोर १९ रन हुँदा तेस्रो विकेट झर्यो । असाद पठान तीन रनमा आउट भए । त्यसको केही बेरपछि राजेश पुलामी पनि मात्र एक रनमा आउट भएपछि विराटनगर निकै दबाबमा आयो ।
धनगढीको बलिङका अगाडि दबाबमा रहेको विराटनगरका अविनाश यादवले सर्वाधिक २७ तथा कप्तान करण केसीले २१ रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए । बलिङमा धनगढीका विपीन खत्री र सोमपाल कामीले तीन-तीन विकेट लिए ।
जवाफमा धनगढी १८ ओभर ५ बलमा ८२ रनमा अलआउट भयो । फितलो ब्याटिङ गरेको धनगढीको ब्याटिङ आज पनि कमजोर बन्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।