गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा इरानविरुद्ध नेपालले दुई–शून्य गोलको अग्रता बनाएको छ ।
खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् ।
आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी छिन् ।
भारत विरूद्ध २ गोल गरेकी सावित्रा भण्डारीले आज पनि नेपालको स्ट्राइकिङ जिम्मेवारी पाएकी छिन् ।
फाइनल पुग्नका लागि नेपालले म्यानमार र भारतबीचको नतिजा कुर्नुपर्नेछ । फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले कडा टक्कर दिइरहेको छ ।
नेपाली टिम
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डरः गिता राना, मनमाया लिम्बू, हिरा कुमारी भुजेल, पुनम जर्घा मगर,
मिडफिल्डरः रेनुका नगरकोटी -कप्तान, मन्जली कुमारी योन्जन, दिपा राई, अनिता बस्नेत, सरु लिम्बुू
स्ट्राइकरः सावित्रा भण्डारी,
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।