गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
नेपालका युवा खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सन्दीपको टिमले होबर्ट हरिकन्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेकाे हाे।
SEALED WITH A SIX!
— KFC Big Bash League (@BBL) February 14, 2019
The Stars have stunned the Hurricanes to book a spot in the #BBLFinal! pic.twitter.com/cmbH9WmMhi
पहिले ब्याटिङ गरेको होबर्टले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । जसमा नेपाली बलर सन्दीपले चार ओभरमा ३१ रन खर्चिँदा विकेट लिन सकेनन् । उनी केही महँगो पनि सावित भए ।
The pride of Nepal! 🇳🇵 @IamSandeep25 and his fan club braving the Hobart cold. Wherever the #BBL08 final is, this crew will be there louder than ever! pic.twitter.com/YQZsiTUBdQ
— KFC Big Bash League (@BBL) February 14, 2019
जवाफमा मेलबर्नले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन बनाए भने एडवार्ड गोचले अविजित ३३ रन बनाए । एडवार्ड गोचले छक्का प्रहार गर्दै खेल जिताएका थिए ।
त्यस्तै पिटर ह्यान्ड्सकम्बले ३५ रन बनाए भने मार्कस स्टोइनिसले १८ तथा म्याडिन्सनले पनि समान १८ रन नै जाेडे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।