गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
कैलाली - धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गाेल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना प्रबल बनेको छ ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेकाे छ । शुक्रबार राति पुनः पानी परेपछि मैदान खेल्नै नमिल्ने भएकाे छ ।
अम्पायरले खेल रद्द भएकाे घाेषणा गरिसकेका भने छैनन् । आज बिहान ४ बजेसम्म कैलालीमा पानी परेकाे थियो । मैदानको आउटफिल्डमा पुरै पानी जमेको छ ।
मौसम विभागले आज बिहानसम्म पनि पानी पर्नसक्ने जनाएको छ । अहिलेसम्म विराटनगरले अंकतालिकामा तीन अंक बनाएको छ । उसले तीन खेलमा एक जीत एक हार र एक खेल वर्षाका कारण रद्द भएको थियो ।
यस्तै काठमाण्डाैले दुई खेलमा दुई जित निकालेको छ । धनगढी लगातार तीन खेलमा हार व्यहोर्दा आज खेल भएन भने उसको शीर्ष चारमा पुग्ने सपना समाप्त हुनेछ । यता महेन्द्रनगरलाई पनि ठूलो घाटा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।