गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
कैलाली - धनगढी प्रिमियर लिग अन्तरगत सीवाईसी अत्तरियाले काठमाण्डौ गोल्डेन्सलाई ७ विकेटले हराउँदै लिगको शीर्ष स्थानमा रहन सफल भएकाे छ ।
हारपछि पनि काठमाण्डौले क्वालिफायर्समा अत्तरियासँग नै खेल्नेछ ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ७५ रन मात्र बनायो । काठमाण्डौले निकै कमजोर सुरुवात गर्दै ६ रनमा दुई विकेट गुमायो । उसका दुवै ओपनर गौरव ताेमर एक र अनिलकुमार शाह ५ रनमा आउट भए । त्यसपछि पनि उसका मध्यक्रमका खेलाडीबीच कुनै राम्रो साझेदारी हुन सकेन ।
जवाफमा अत्तरियाले १७ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अत्तरियाको जितमा आज पनि विदेशी खेलाडी जयकिशन कोल्सावाला नायक बने ।
२५ रन हुँदा सुभेन्दु पाण्डेलाई मात्र ५ रनमा गुमाएको अत्तरियाले ५० रनमा दोस्रो विकेट खेर फाल्यो । प्रेम तामाङ १० रनमा आउट भए । त्यसपछि ६३ रन हुँदा जयकिशन कोल्सावाला व्यक्तिगत ३३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान दिपेन्द्र ऐरीले अविजित रन बनाउँदै टिमलाई जित दिलाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।