गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - शहीद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युवा क्लबले पहिलो जित निकालेको छ ।
एन्फा मैदानमा बुधबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पुल्चोकले पाँचौ मिनेटमै अग्रता लिए पनि जित हात पार्न भने असफल भयो । टिका राज गुरुङले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा निरन श्रेष्ठले गोल गर्दै खुमलटारलाई एक एक गोलको बराबरीमा ल्याए । पहिलो हाफ दुवै टिमले एक एक गोलको बराबरी खेले पनि खुमलटारले आशिक परियारको गोल मार्फत ५४ औं मिनेटमा २–१ को अग्रता बनाउन सफल भयो ।
इन्ज्युरी टाइममा खुमलटारका लागि सविन केसीले काउन्टर एट्याकमा तेस्रो गोल गर्दै टिमलाई पहिला जित दिलाउन सफल भए ।
बुधबारै भएको अर्को खेलमा सातदोबाटो युथ क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले गोलरहित बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।