गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
रियल मड्रिडलाइ हराउँदै बार्सिलोना कोपा डेल रेको फाइलनमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले रियललाई तीन शून्यले हरायो । जसका कारण बार्सिलोना समग्रमा चार एकको जित निकाल्दै फाइनलमा प्रवेश गर्याे ।
बार्सिलोनाको मैदानमा भएको पहिलो लेग एक एक गोलको बराबरी भएको खेलको दोस्रो लेग रियलको मैदानमा भएको थियो । जसमा घरेलु दर्शकमाझ रियल तीन शून्यले हार्न पुग्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५० औं मिनेटमा डिम्बेलेको पासमा लुइस स्वारेले टिमका लागि पहिलो गोल गरे । त्यसपछि ६९ औं मिनेटमा रियलका भारानेले आफ्नै पोष्टमा गोल गरेपछि उपहार गोल मार्फत बार्सिलोनाले अग्रता दोब्बर बनायो ।
त्यसपछि ७३ औं मिनेटमा फेरि स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । जसका कारण रियल सेमिफाइनलबाट बाहिरिन पुग्यो । अब उपाधिका लागि बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको बिजेतासँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।