गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - आहा रारा गोल्डकपको १७औं संस्करणको उपाधिका लागि त्रिभुवन आर्मी क्लबले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
क्यामरुनको दाउफिन्स क्लबमाथि १–० को जित दर्ता गर्दै आर्मीले थ्रीस्टारसँगको भेट पक्का गरेकाे हाे ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा टेक बहादुर बुढाथोकीको पहिलो हाफको गोल निर्णायक बन्दा आर्मीले २०७२ सालपछि पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
१२औं मिनेटमा दिपक गुरुङले दिएको पासलाई अनमार्क रहेका टेक बहादुर बुढाथोकीले हेडर गोल गरेका थिए । ७४औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनाउने मौका गुमायो । कप्तान भरत खवासले दुई जना डिफेन्डरलाई छलाउँदै पाएको मौकालाई पनि गोलमा परिणत गर्न सकेनन् ।
८५औं मिनेटमा यान्निक ओवाना रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दाउफिन्स १० खेलाडीमा सीमित बन्यो ।
बाँकी समयमा दाउफिन्स खेलमा फर्किन नसक्दा पराजित हुन पुग्यो । आर्मीले उपाधिका लागि थ्रीस्टारको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा थ्रीस्टारले एपीएफलाई पराजित गरेको थियो ।
अघिल्लो संस्करणको फाइनलमा थ्रीस्टार पुलिससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।