गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - एसियाली फुटबल महासंघ एएफसीले नेपालका ९ वटा ए डिभिजन क्लबलाई क्लब लाइसेन्स प्रदान गरेको छ ।
ए डिभिजन खेलेका १४ मध्ये ९ वटा क्लबलाई एएफसीले मान्यता दिएको हो । जसमा ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी, थ्रीस्टार, मछिन्द्र, हिमालयन शेर्पा, च्यासल युथ र संकटा क्लब रहेका छन् ।
यसैगरी तीनवटै विभागीय क्लबहरु त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिसले पनि एएफसीबाट लाइसेन्स पाएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीले आफ्ना सदस्य राष्ट्रका सबै क्लबहरुमा लाइसेन्स प्रणाली लागू गर्ने नीति लिएको छ । त्यसै अनुरुप नेपालका क्लबहरुलाई पनि प्रदान गरिएको हो ।
लाइसेन्स प्राप्त गर्न फिफाले बनाएका १७ वटा मापदण्ड पूरा गरेको हुनुपर्ने प्रावधान रहेको छ । फिफाले क्लबबाट खेलाडी खेलाउँदा खेलाडी र प्रशिक्षकसँग अनिवार्य सम्झौता गरेको हुुनपर्ने, टिमको अभ्यास मैदान हुुनुुपर्ने, हरेक टिमको आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने, मिडिया म्यानेजर नियुक्त गरेको हुुनपर्ने लगायतका विषय प्रावधानमा राखिएको छ ।
ती प्रावधानहरु पूरा गरेकाले नेपालका ९ वटा क्लबले एएफसीबाट लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।